फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक | Khabarhub Khabarhub

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल–लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतबार सार्वजनिक ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ ।

ट्रेलर अनुसार साम्राज्ञीलाई भुल्न निश्चल अभिनेत्री गरिमा शर्मासँग नजिक बनेको तर, उनीहरुको पनि सम्बन्ध टुटेको बुझ्न सकिन्छ । घनश्याम लामिछानेको निर्देशनमा बनेको यो फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ ।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले निर्माण सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ८ : ४२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको