शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम « Khabarhub

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका १० मा रहेको हिमालय इंगलिस स्कुलले विद्यालयको शैक्षिक सुधार गर्न एक दिने शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

पहिलो सत्रमा शिक्षकलाई र दोस्रो सत्रमा अभिभावकलाई अभिमुखीकरण प्रशिक्षण दिईएको हिमालय इंगलिस स्कुल प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

सुन्दरहरैंचा उद्योग बाणिज्य संघको सभा हलमा आयोजना गरिएको कार्यक्रममा छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन लाग्नु पर्ने प्रधानाध्यापक खनालको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक सेवक बंजगाईंले बालबालिकालाई उनीहरुको सकारात्मक कुरामा प्रशंसा गर्नुपर्नेमा जोड दिंदै पिटेर , गाली गरेर सुधार गर्न नसकिने बताए । उनले अभिभावकले असल व्यवहार घरमा गरिरहँदा बालबालिकाले आफै उत्तम संस्कार सिक्ने उत्प्रेरणा दिएका थिए ।

आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने बंजगाईंले बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : १२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको