शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम « Khabarhub

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम


१३ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका १० मा रहेको हिमालय इंगलिस स्कुलले विद्यालयको शैक्षिक सुधार गर्न एक दिने शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

पहिलो सत्रमा शिक्षकलाई र दोस्रो सत्रमा अभिभावकलाई अभिमुखीकरण प्रशिक्षण दिईएको हिमालय इंगलिस स्कुल प्रिन्सिपल कमल खनालले जानकारी दिए ।

सुन्दरहरैंचा उद्योग बाणिज्य संघको सभा हलमा आयोजना गरिएको कार्यक्रममा छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको मान्ने अभिभावकहरूका कारण विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिने गरेकाले विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउन अभिभावकलाई जागरुक बनाउन लाग्नु पर्ने प्रधानाध्यापक खनालको भनाई थियो ।

कार्यक्रममा प्रशिक्षक सेवक बंजगाईंले बालबालिकालाई उनीहरुको सकारात्मक कुरामा प्रशंसा गर्नुपर्नेमा जोड दिंदै पिटेर , गाली गरेर सुधार गर्न नसकिने बताए । उनले अभिभावकले असल व्यवहार घरमा गरिरहँदा बालबालिकाले आफै उत्तम संस्कार सिक्ने उत्प्रेरणा दिएका थिए ।

आफ्ना छोराछोरीलाई परीक्षामा उत्कृष्ट अंक ल्याउन घरमा पनि अभिभावकले अध्ययनको वातावरण बनाउनुपर्ने , मित्रवत् व्यवहार गर्नुपर्ने , अभिभावकले शिक्षकका रूपमा भूमिका खेल्नुपर्ने , छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका खेल्नुपर्ने बंजगाईंले बताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ९ : १२ बजे

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको

नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस

जेरुसेलम– भ्रष्टाचारको अभियोगको सामना गरिरहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख