एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि गाउँदेखि सहरसम्म पैmलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई हराउन सक्दैनथे । यही कारण उनमा घमण्ड पलाएको थियो । बुद्धिचालको पारंगत ठानेर घमण्डले चुर उनले आफ्नो घरको मूलढोकामा समेत लेखेका थिए– ‘बुद्धिचाल बादशाह ।’
एकदिन अर्को गाउँका कुनै अपरिचित बटुवा झमक्क रात पर्नै लाग्दा लङ्गडो घोडा डाेहाेर्याउँदै बुद्धिचाल बादशाहको घर आइपुगे । उनले बुद्धिचालका महारथीसँग कुनै बाजी राखे मात्र खेल्न तयार रहेको सर्त तेस्र्याए । ती बटुवाले आफूसँग बिरामी घोडा बाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले बाजीमा त्यही घोडा राख्ने अड्डी लिए । खेलाडी राजी भए । खेल सुरु भयो । नभन्दै ५, ७ चाल नचल्दै बटुवा हारे । घोडा महारथीलाई बुझाएर उनी बाटो लागे । यता, बुद्धिचाल महारथी बिरामी घोडाको उपचार गरेर त्यसलाई आफ्नो काममा लगाउन थाले । केही दिनपछि बटुवा फेरि त्यही गाउँ हुँदै फर्किए । फर्किँदा पनि उनले आपूm हारेमा सयवटा सिक्का दिने र जितेमा आफ्नो घोडा फिर्ता लिने सर्त गरेर बादशाहलाई खेल्न राजी गराए ।
पहाडभन्दा ठूलो अर्को पहाड, आकासभन्दा बाहिर अर्को आकास हुन्छ । त्यसैले घमण्ड गर्नु हुँदैन ।
यसपटक भने ४, ५ चाल चल्ने वित्तिक्कै बुद्धिचाल बादशाह नराम्ररी हारे । ती बटुवा कुनै साधारण खेलाडी नभई अत्यन्त निपूर्ण र प्रतिभाशाली खेलाडी भएको सबैले थाहा पाएपछि उनलाई सबैले अघिल्लो पटक हार्नुको कारण सोधे । ती बटुवाले बेलिविस्तार लगाए– ‘पहाडभन्दा ठूलो अर्को पहाड, आकासभन्दा बाहिर अर्को आकास हुन्छ । त्यसैले घमण्ड गर्नु हुँदैन । अघिल्लो पटक हिँड्ने क्रममा मेरो घोडा विरामी भयो । त्यसैले यसको निःशुल्क उपचार र हेरचाह गराउनको लागि मात्र मैले यस्तो चाल चालेको थिएँ ।’
महाभारतको विध्वंशकारी लडाईँको केन्द्रविन्दुमा रहेका श्रीकृष्णको भूमिका ठ्याक्कै तिनै बुद्धिचाल बादशाहको जस्तै थियो । जब महाभारत सकिएर सत्ताको साँचो पाण्डवहरूको हातमा पुग्यो, उनीहरूमा पदको आकांक्षा बढ्न थाल्यो । लडाईँमा आफ्नो भूमिका निर्णायक रहेको र श्रीकृष्णबाट गतिलै पुरस्कार हात पर्नेमा पाण्डव पक्षका सबै योद्धाहरू विश्वस्त थिए । यो मनोविज्ञान बुझेका कृष्णले युद्धमा अरु निमित्त र सबै योद्धा पछाडि आफू रहेको रहस्य खोलिदिएपछि पाण्डवहरूमा बैराग्य सुरु भयो । बरु शक्ति र सत्ताको जालझेलले आफ्नै परिवार तहसनहस् भएको बुझेपछि उनीहरूमा आरोप प्रत्यारोप बढ्न थाल्यो ।
‘संघीयता’ नामक बुचेठेकीको धक्कु देखाएर प्रचण्ड राजनीतिको कुटिल बादशाह बन्न सफल छन् । कहिले संघीयता र गणतन्त्र आफ्नो जुम्ल्याहा सन्तान भनेर फुर्किन्छन् त कहिले यही उपलब्धिबाट तर्सिन्छन् ।
पाण्डवहरूका अग्रज युधिष्ठिर सत्ता नभई धर्मभीरु भएर सन्यासी बन्ने रुचिमा लागे । अर्जुन आफूले यी सारा कर्म दाजुका लागि गरिदिएको भनेर पन्छन थाले । युद्ध जितेको भन्दा छोरो कर्ण आफ्नै सन्तानको हातबाट मारिएको पीडाले कुन्तीलाई उठी सुख न बसी सुख पारेको थियो । लडाईँका नियम मिचेर हात पारिएको त्यो सत्तामा कृष्णकै सम्मोहन देखिएन । आत्मग्लानीले सबै मरिच भैmँ चाउरिएका थिए । नेपाली राजनीतिमा माओवादी गरुड शैलीमा प्रकट भएपछि कांग्रेस–एमालेको हाल पाण्डवको जस्तै भएको छ ।
वितेको डेढ दशक प्रचण्डले बजाएको डम्बरु तालमा मारुनी नाचेका प्रमुख राजनीतिक दललाई अहिले प्राप्त हैसियत थाल खाउँ, न भात खाउँ जस्तै भएको छ । ‘मै हुँ’ भन्ने राग पनि जोगाउनुपर्ने अर्कातिर प्रचण्डलाई बुझाएका सही छाप फिर्ता लिँदा राजनीतिक जालसाजी र किर्तेका थुप्रै मुद्दा बल्झिने भएकाले कांग्रेस–एमाले धर्म संकटमा छन् । ‘संघीयता’ नामक बुचेठेकीको धक्कु देखाएर प्रचण्ड राजनीतिको कुटिल बादशाह बन्न सफल छन् । कहिले संघीयता र गणतन्त्र आफ्नो जुम्ल्याहा सन्तान भनेर फुर्किन्छन् त कहिले यही उपलब्धिबाट तर्सिन्छन् ।
राजनीतिको खोल ओढेर उत्ताउलिनेहरूको पखेँटा बारम्बार काटिएका उदाहरण छन् । जहाजमा तेल बोकेर जनताको टुकी बाल्ने दुस्साहसले मरिचमानलाई खायो । चोरी औँलो उठाएर ‘म नै राज्य हुँ’ भन्ने सोच पालेका गिरिजाप्रसाद जब गल्ती महसूस गर्ने अवस्थामा आए, त्यसपछि जीवनको उत्तराद्र्धमा मलामी बटुल्न सफल भए । प्रधानमन्त्री खान राइटर बाजे, लक्ष्मण खड्काको कुमकुममा पुग्नेदेखि लिएर ब्रम्हनालमा आमाको शब छोडेर मयलपोश सुरुवाल लगाउन चम्किएका माधव नेपाल पटकपटक राजनीतिमा हण्डर खाए । जब उनमा परिपक्वता आयो, गल्ती केस्राकेस्रा केलाएर आफूले आफैँलाई सच्याए, आखिर फेरि माया पाए ।
जनताको संगठन हुँदैन, तर सबैको हिसाबकिताब तिनीहरूले राखेका हुन्छन् । नेपाल सिंगापुर जस्तो हैन, नेपालजस्तै बनाउनु पर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीका बोली हावामा उडाइदिए ।
इतिहासले लौहपुरुष बनेका गणेशमान परिवारलाई राजनीतिक ब्याज ख्वाउने कसरतमा लागेकैले जिन्दगीभर विरुवाबाट पानी हालेर बनाएको रुख छोडी अन्ततः हात्ती छापको वियोगान्त कथामा खुम्चिएर महायात्रामा लाग्नु प¥यो ।
नेपाल सिंगापुर बनाउँछु, जाँड खान संसद जान लागेको भन्ने खालका सस्ता कुतर्क गर्दा साद्गी महापुरुष कृष्णप्रसाद भट्टराईको विराट व्यक्तित्वलाई विद्या भण्डारीको सेतो सारीले चुनौती दियो । स्थानीय चुनावमा पार्टीको दरो उपस्थिति बनाएपछि त्यसको ब्याजको दम्भले फुलेका बामदेव अहिले घर न घाट भएका छन् ।
डडेलधुराको रुवाखोलामा जन्मिएका शेरबहादुर नारायणहिटी धाउन थालेपछि ओढाइएको बाघको खोलको न्यानोले आफूलाई श्री ३ ठानेर के दल टुक्र्याएका थिए, ज्ञानेन्द्रले खोटा हानेपछि लागेको टुटुल्को सुम्सुम्याउँदै फेरि सानेपामा मिसिए ।
जिन्दगीभर पशुपति मन्दिर टेक्नुलाई महापाप भनेर बुझेका प्रचण्ड, केपी ओली भारतीय प्रधानमन्त्रीलाई उपहार रुद्राक्ष र चन्दन बोकेर जान थालेका छन् ।
जनताको संगठन हुँदैन, तर सबैको हिसाबकिताब तिनीहरूले राखेका हुन्छन् । नेपाल सिंगापुर जस्तो हैन, नेपालजस्तै बनाउनु पर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीका बोली हावामा उडाइदिए । नेपाललाई स्वीट्जरल्याण्ड बनाउन विकासको मूल फुटाउने कागजी बाघमा लागेका पञ्चहरूको छाता पञ्चायत नै सिलटिमुर खायो ।
सलादजस्तो मिलेको समाजबाट फलफूलका टुक्रा चुडेर स्वार्थको रोटी सेक्नेहरू बढारिँदै जान थालेका छन् । धरहराभन्दा अग्लो बनाउन पनि नसक्ने, धरहराको विरोध गर्न पनि नछोड्ने अतिवादीहरूका लागि राजनीति घाँटीमा अड्किएको हड्डी जस्तो हुन पुगेको छ । जिन्दगीभर पशुपति मन्दिर टेक्नुलाई महापाप भनेर बुझेका प्रचण्ड, केपी ओली भारतीय प्रधानमन्त्रीलाई उपहार रुद्राक्ष र चन्दन बोकेर जान थालेका छन् । ईश्वरीय अस्तित्व स्वीकार नगर्ने यी आत्माहरूको पाखण्डीय धोती नियतिले यसरी नै फुस्काउँदै लानेमा शंका छैन ।
नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र बीपीको जस्तो मेल अपवाद नै थियो । कतिसम्म भने अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्दा राजा आफ्नो प्रधानमन्त्रीको खुलेर प्रशंसा गर्थे । कतै गयो कि बीपी र पत्नी सुशीलालाई उपहार ल्याइदिन्थे । रानीले आफ्नै हातले पकाएको खाना ख्वाउन बीपी निम्त्याइन्थे । तर एकाएक त्यो सम्बन्ध यसरी बिग्रियो कि जसका कारण त्यसको पीडा सम्पूर्ण देशले भोग्नुपरेको छ । दुई शक्तिलाई लडाएर नेपाली मनोविज्ञानमा खेल्ने देशी विदेशीले पुरै देश अवन्नतिको गर्तमा पुर्याए ।
तात्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा किशोरी वयमा चढ्दै गएकी छोरीले गरेको नोकरीलाई बाधा नपुगोस् भनेर इच्छा विपरीत सहरको जनजीवनमा आफूलाई बाँधेका छन् । उनी आफ्ना सन्ततिहरूलाई पसिनाको कमाइमा पे्ररित गर्न चाहन्छन् । विश्वका सर्वशक्तिमान भइसकेका यी व्यक्तित्व आफैँ पनि पत्नीले डिजाइन गरेको लुगामा सजिन्छन् भने घरमै उत्पादन गरिएको अर्गानिक तरकारी खान्छन् । सामाजिक असुरक्षाका कारण डान्स पार्टीमा आफ्नो छोरीले स्कर्ट लगाएर ननाचिदिए हुन्थ्यो भनेर कामना गर्छन् ।
रामराज्यका जनता बदमासी गरेपछि आफैँ जेल जान्थे । हाम्रो राजनीति ज्यानमारा र अपराधीलाई माफी मिनाहा गराउन सक्रिय छ ।
भूगोल फरक भएपनि मानिसको बचाइका सारवस्तु उही हुन् । भान्सामा पाक्ने पदार्थ एउटै हो । सामाजिक सञ्जाल र इन्टरनेटको आँगन एउटै हो । साँझ पर्दा बढेकी छोरी घर नफर्कदा एउटा सामान्य नागरिकलाई जति पोल्छ, बाराक ओबामालाई पनि उत्तिनै पोल्छ । अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुस जाँड र मासुको कुलतले आफूलाई बर्बाद बनाएको स्वीकार्छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जाँड खाने भएको भए आफू संसारकै कुरुप पुरुष हुने कल्पना गर्छन् ।
नेपाली समाजमा रामको गाथा गाउनेको संख्या धेरै छ । तर तिनै रामले लक्ष्मणलाई आफूले मारेका रावणको खुट्टा ढोग्न लगाएर ज्ञानको कदर गरेका थिए । राम राज्यको आँखाबाट रावण राक्षस भएपनि उनी यति विद्वान थिए कि उनले त्यतिबेलै दुईवटा कृति लेखेका थिए । उनको योजना आयोगले सुनको सिँढी बनाएर स्वर्ग र मत्र्यलोक जोड्ने योजना पारित गरेको थियो । युद्धको नियमलाई उनले कति पनि उल्लंघन गरेनन् ।
रामराज्यका जनता बदमासी गरेपछि आफैँ जेल जान्थे । हाम्रो राजनीति ज्यानमारा र अपराधीलाई माफी मिनाहा गराउन सक्रिय छ । पढ्न त सबैले पढ्छन् । प्रश्न हो– पढाई अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम प्रत्येक दिन नमाज पढेपछि सितार बजाएर राम धूनमा रमाउँथे । यो चाहीँ पो हो त पढाइको सामथ्र्य । खोई उनको विद्वतामाथि कसले शंका गरेको छ ?
भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरूलाई झन्झन् निर्धो र भद्दा बनाउँदै लगेको छ । सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन । बरु झन्झन् नाङ्गिन्छ ।
साहरूख खानलाई ट्वीटमा पछ्याउनेको संख्या साढे एघार करोड छ । उनले हिन्दु समुदायकी जीवनसाथी रोजेका छन् । छोराको नाम अविराम राखेका छन् । उनको कलामा प्रश्न उठाएको कसैलाई थाहा छैन । बरु उनको ख्याती झन्झन् बढ्दो छ । अर्का खान सलमानकी बहिनीको बिहे हिन्दु केटासँग भयो ।
मानव जीवनको सबैभन्दा शक्तिशाली विवेकको नेत्र हो । भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरूलाई झन्झन् निर्धो र भद्दा बनाउँदै लगेको छ । सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन । बरु झन्झन् नाङ्गिन्छ । रहर र कहरमा पढेका कोरा ठेलीलाई शास्त्रीय मान्यता ठानेर सधैँ ढुंगाको अक्षर बनाउन खोज्नु भनेको समयको रफ्तार नबुझ्नु हो । समय अनुसार मान्यता बदलिन्छ ।
माओत्सेतुङ्को नाम मात्रले काँप्ने चिनियाँ समाज आर्थिक उदारीकरणको पराकाष्टामा पुगेको छ । अबको दशकभित्र चीनले अमेरिकीलाई उछिन्ने प्रक्षेपण स्वयं पश्चिमाहरूले गर्न थालेका छन् । माओत्सेतुङको राजनीतिक आतंकलाई देङ सियाओ पिङको आर्थिक दूरदृष्टिले पाखा लगाइदिएको छ ।
सद्दाम हुसेनको सालिक बनाउन खुन, पसिना चुहाएका इराकीले घन चलाएर सालिक भत्काएका छन् । निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य मानव शूत्र बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरुको भलोमा आफू रमाउनु हो । अझ राजनीतिलाई जीवनपथ बनाउनेहरूले त दिनु, दिनु अनि फेरि दिइरहनुमा आफूलाई समर्पित गर्नुपर्छ । पैसा कमाउन त व्यापार गर्नुपर्छ, व्यापार । जसरी विशुद्ध राजनीति गर्नेहरू जनताको मनमा बस्न सक्छन्, व्यापार गर्नेहरू घरबाटै फर्कनु पर्छ ।
प्रतिक्रिया