तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क « Khabarhub

तनहुँमा रासायनिक मल मौज्दात, किसानलाई ढुक्क


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

डुम्रे– बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो  । 

जिल्लामा आवश्यक रासायनिक मल आयात भइरहेको र मल आउने क्रम जारी रहेकाले अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको छ । 

कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मल अभाव झेल्नुपरेको प्रमुख दिनेश शर्माले जानकारी दिए। उनका अनुसार जिल्लामा माग भएअनुरूप नै आयात भइरहेको र मौज्दात रहेको मल वितरण भइरहेको छ । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने र मागअनुसारको आइरहेको र आउने क्रम जारी रहेकाले अभाव नहुने उनले बताए ।

कृषि ज्ञान केन्द्र र कृषि सामग्री कम्पनीसँगको मंगलबार भएको छलफलपछि सहमतिमा असार १५ गतेदेखि युरिया र डीएपी मल एकसाथ वितरण गरिने उनले बताए। उनले कम्पनीसँग रहेको मौज्दातले माग धानेकाले अभाव नहुने बताए। 

कृषि सामग्री कम्पनी लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तनहुँलाई एक सय ५० टन युरिया र दुई सय टन डीएपी  र लमजुङका लागि एक सय टन युरिया र एक सय टन डीएपी वितरण हुने उनले बताए।  

प्रमुख शर्माका अनुसार युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन टन, पोटास ५३ टन र चुना तीन टन आयात भएको छ भने थप मल आउने क्रममा रहेको छ । तनहुँका लागि युरिया एक हजार एक सय ४०, डीएपी दुई सय ९५ टन र पोटास ३६ टन माग छ । लमजुङको लागि युरिया पाँच सय टन, डीएपी एक सय आठ टन र पोटास १७ टन माग छ । 

गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गरिसकेको र असार १५ देखि रोपाइँ धमाधम हुने भएकाले वितरणलाई पनि प्रभावकारी तवरबाट गरिने उनले बताए।  गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकाले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन् ।

कृषि ज्ञान केन्द्रले आवश्यकताअनुसार पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार केन्द्रको कोटा निर्धारण गरी पत्र पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिए । गत वर्षभन्दा यस वर्ष धेरै मल आयात गरिएकाले अभावको समस्या नआउने शर्माको विश्वास छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १२ : ४० बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले