११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार  | Khabarhub Khabarhub

११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २.०६० को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ बराबर र एनआरएनको १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाए । शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा बढी  गुमाउने लगानीकर्ता भने साधना लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : २९ बजे

शहीद मुकेश कायस्थको परिवारलाई सुविधा दिलाउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं– गृहमन्त्री रमेश लेखकले शहीद मुकेश कायस्थको परिवारले राज्यबाट पाउनुपर्ने

लोकतन्त्रको भावनाविपरीत सार्वजनिक निकायमा नियुक्ति नगर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २०

‘उद्योगले प्रयोग गरेको बिजुलीको रेकर्ड एमडीले राख्ने हैन’

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अहिलेको मन्त्रिपरिषद्को स्वार्थ रहेको भनी

अमेरिकी सिक्रेट सर्भिसका उपनिर्देशक कार्यवाहक प्रमुखमा नियुक्त

वासिङ्टन– बढ्दो दबावकाबीच निर्देशक किम्बर्ली चिटलको राजीनामापछि अमेरिकी सिक्रेट सर्भिसका