टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त ?  | Khabarhub Khabarhub

टुसा उम्रिएको र हरियो आलु कसरी विषाक्त ? 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भान्सामा आलुको परिकार नपाक्ने नेपालीका घर कमै होलान् ।  विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले आलु रुचाउँछन् । जुन तरकारीमा पनि सुहाउने आलु तरकारीकाे त राजा नै भन्दा पनि फरक नपर्ला । तर आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ। कतिपय मानिसहरू यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरूले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् ।

तर  टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुई अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ। सेलोनिनलाई विषाक्त मानिन्छ।

यदी आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ ।  अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्त्व हुन्छ ।  तर यदि आलु धेरै दिनसम्म राखिएको छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ।

हरियो आलु 

आलुको रंग यदि हरियो देखियो भने यो खराब भएको छ भन्ने बुझ्नु पर्छ सायद तपाईँले पनि याद गर्नु भएको होला हरियो आलु काेक्याउन थाल्छ । हरियो आलु क्यान्सरको कारण बन्न सक्छ ।

आलुले ब्लड सुगर बढाउँछ

नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ। धेरैजसो घरमा आलु एकै पटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरू यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् । टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै साेचिएकाे पाइदैन  ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ। यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् भनेकाे छ ।

टुसा उम्रिएको आलु विषालु हुन्छन् । नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रूपमा केही विषालु तत्त्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् । तर यसको बिरुवा वा  पातमा यो अत्यधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुवै विषालु तत्त्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रूपमा खाँदा शरीरमा ती तत्त्व प्रवेश गर्ने गर्छन् ।

रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभए पनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेष गरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन्

रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्त्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन्। जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने ।  गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ। त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ?

– यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् ।

–  आलुलाई सूर्यको किरण नपुग्ने ठाउमा राख्ने तर धेरै चिसो ठाउँमा पनि राख्नु हुँदैन ।

–  सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ।

– यदि तपाईँले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ। ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् ।

– टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ ।

समाचार श्रोत-  दैनिक भास्कर 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ०९ बजे

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,