बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन « Khabarhub

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कलैया– जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ । 

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ३५ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा