अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिनदेखि लुम्बिनीको बजेट पारितसम्म


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानको अनुमति बिना नेपाल वायुसेवा निगमको जहाज मर्मतको लागि इटली पुगेको विषयले दुईपक्षबीचमा विवाद पैदा गरेको छ । आज लुम्बिनी प्रदेशसभाबाट बजेट पारित भएको छ । संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन सुरु गरेको छ ।

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्ने एमाले नेता महेश बर्तौलाले बताएका छन् । आज नेप्से दोहोरो अंकले ओरालो लाग्यो ।

आजका प्रमुख समाचार :

निगमको जहाज प्राधिकरणको अनुमतिबिनै इटाली पुगेपछि…..

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को अनुमतिबिना इटाली पुगेपछि विवाद सुरु भएको छ।  मर्मतका लागि जहाज इटाली पुगेपछि क्यान र प्राधिकरणबीच विवाद सुरु भएको हो ।

लामो समयदेखि नेपालको उड्डयन क्षेत्रलाई सुरक्षा सूचीमा राख्दै आएको ईयू क्षेत्रको इटालीमै निगमले अनुमतिबिना जहाज उडाएपछि विवाद सुरु भएको हो । निगमको वाइडबडी विमान नियमित उडानका क्रममा दुबई गएको थियो । त्यहाँबाट क्यानको अनुमतिबिना मर्मतका लागि उक्त जहाज इटाली लगिएपछि दुई पक्षबीच विवाद उत्पन्न भएको छ ।

नेपाल वायुसेवा निगम इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशक देवकृष्ण सञ्जेलकाअनुसार जुन २२ तारिखमा नियमित उडानका क्रममा दुबई पुगेको जहाज त्यहीँबाट मर्मतका लागि क्यानको अनुमति नलिई इटाली गएको थियो ।

अनुमतिबिना मर्मतका लागि ए३३०–२०० सिरिजको दर्ता नम्बर ९ एन–एएलवाई जहाज ईयू क्षेत्र पुगेपछि प्राधिकरणले निगमको तर्फबाट एकाउन्टेबल म्यानेजरसहित सदस्यको समूहमा रहेर काम गर्दै आएका ५ जनालाई निलम्बन गरेको छ ।

जसमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित दुई जना क्याप्टेन, एकजना अपरेशन डाइरेक्ट र एकजना म्यानेजर रहेका छन् । ‘मर्मतका लागि वायुसेवा कम्पनीहरूका जहाज जाँदा निगमको अनुमति लिुपर्छ । तर त्यसो नगरेकाले प्राधिकरणले आफ्नो नियमित कारबाहीअन्तर्गत उक्त निर्ण गरेको हो’, प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले खबरहबलाई बताए ।

उनले चित्तबुझ्दो जवाफ आएमा कारबाही फुकुवा हुन सक्नेसमेत बताए । नेपालको उड्डयन क्षेत्रलाई लामो समयदेखि ईयूले सुरक्षा सूचीमा राख्दै आएको छ । उसकै क्षेत्रमा निगमले नियमित प्रक्रिया उल्लंघन गरेर जहाज पठाएकाले थप समस्या पार्न सक्ने उनको भनाइ छ ।

प्रवक्ता पाण्डेले जहाज मर्मतका लागि सम्बन्धित कम्पनीले पनि क्यानको अनुमति लिनुपर्ने बताएका छन् । उनले अनुमतिबिना मर्मतका लागि जहाज इटाली पुगेकाले निगमले मर्मत नै रोकिदिन सक्ने समेत बताए । क्यानले इटालीस्थित कम्पनीलाई जहाज मर्मतका लागि अनुमति नदिएमा निगमको जहाज त्यतिकै नै फर्कनुपर्ने अवस्था हुनसक्ने देखिएको छ ।

लामो समयदेखि ईयुको सुरक्षा सूची, ग्राउन्ड ह्यान्डलिङ लगायत विभिन्न विषयहरूमा नियामक निकाय प्राधिकरण र निगमबीच विवाद देखिँदै आएको छ ।

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन

सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ । बुधबारको बैठकबाट सहकारी छानबिन विशेष समितिले मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए ।

बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले खबरहबलाई जानकारी दिए । बैठकमा समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह लिएको उनले बताए ।

सहकारी छानबिन विशेष समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ । उसले सहकारी बोर्ड, सहकारी विभाग, कानुन मन्त्रालय र सहकारी मन्त्री लगायत निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो सीआईबीसँग पनि छलफल गर्ने लागेको छ ।

अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको हो ।

समिति संयोजक सूर्य थापाले समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सन्दर्भमा सम्बन्धित निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको बताए ।

ती सहकारीहरूको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन , सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक वित्तीय विवरणका साथै विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले उल्लेख गरे ।

उनले गोर्खा मिडियामा विभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको जिकिर गरे । त्यस्तै थापाले यसअघि गठन भएका विभिन्न समिति, आयोग लगायतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको जानकारी दिए । सभापति थापाले सहकारी छानबिनमा समग्र रूपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रूपमा छानबिन हुने दाबी गरे।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए ।

आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र संघबाट १२ अर्ब एक करोड र संघबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका हुन्  ।

उनले भने, ‘हामीले दुनियाँलाई नेपालमा आऊ, लगानी गर, रोजगारी देऊ, कर तिर भनिरहेको छौँ । स्वदेशमा चलिरहेको उद्योग धन्दा र स्वदेशमा भइरहेको लगानीहरूको प्रवर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ । सरकारले यस किसिमको वातावरण बनाउन नसक्दा कतिपय उद्योग धन्दा, कल–कारखानाहरू बीचैमा बन्द हुने अवस्था रहेको छ । सरकारले अनुमति दिएर खुलेका उद्योग धन्दाहरू पनि समयमै नवीकरण नहुँदा नवीकरण गराइदे भनेर व्यवसायीहरू आन्दोलन गर्नुपर्ने अवस्था छ । सशर्त, सरकारको अनुमतिबाट खोलिएका उद्योगहरू नवीकरण गर्नुपर्छ ।’

बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन

जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।

११ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार 

बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि मंगलबारसम्म बढेको शेयर बजार आज भने ओरालो लागेको हो । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २.०६० को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको मूल्य बढेको छ भने १९६ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गुडविल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ बराबर र एनआरएनको १३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज सो कम्पनीका लगानीकर्ताले ९ दशमलव ५५ प्रतिशतका दरले कमाए । शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका हुन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा बढी  गुमाउने लगानीकर्ता भने साधना लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : १६ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले