इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन « Khabarhub

इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्‍याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ ।

गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत लागतमा तीनवटा कृषक समूहलाई गत आव र अहिले गरी तीनवटै कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

यस वर्ष इच्छाकामना–१ को सिराइचुली कृषि सहकारी संस्था र इच्छाकामना–६ स्थित चण्डीभञ्ज्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाका लागि एक÷एक वटा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए। गत आवको असारमा इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।

गत आवमा हस्तान्तरण गरिएको कृषि एम्बुलेन्सले  मायाटार, वल्र्याङ क्षेत्रका किसानको कृषि उपज ढुवानीमा सहज भएको पाइएसँगै यसको प्रभावकारिता सकारात्मक देखिएपछि चालु आर्थिक वर्षमा वडा नं १ र ७ मा थप दुईवटा कृषि एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए।

उहाँले पालिकाले कृषि योजनालाई उच्च प्राथमिकता दिएसँगै कृषि उत्पादन र यसको बजारीकरणका लागि कृषि एम्बुलेन्स आवश्यक ठानेर हस्तान्तरण गरिएको बताए । पालिकाको भाराङ, हात्तीवाङ, मायाटार, वल्र्याङ दाहाखानीलगायतका क्षेत्रलाई लक्षित गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले जानकारी दिए।

कृषि एम्बुलेन्सको प्रयोगले भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख गुरुङको विश्वास छ । गाउँमा उत्पादन भएका कृषि उपज एम्बुलेन्स चालकले बिक्री गरेर साँझ पैसा पुर्‍याइदिने व्यवस्थासमेत मिलाएको उनले स्पष्ट पारे।

धेरैजसो पहाडी इलाका रहेको इच्छाकामनामा उल्लेख्य मात्रामा तरकारी तथा फलफूलखेती हुने गर्दछ । यहाँ उत्पादित फलफूल र तरकारीको मुख्य बजार राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिन हो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ०४ बजे

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै

इजरायलविरुद्ध हुथी समूहको आक्रमणसँगै पश्चिम एशियामा तनाव चर्कियो, जलमार्गमा अवरोधको डर

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलविरुद्ध मिसाइल आक्रमण गरेपछि