वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो | Khabarhub Khabarhub

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको उनले बताए ।विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको उनले बताए ।

“हामीले निर्माणकै क्रममा पटकपटक मौखिक तथा लिखित सूचना गरेका थियौँ । उहाँले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गर्नुभयो”, प्रमुख झाले भने, “हामीले सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौँ ।”

सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिए । मधेस प्रदेश सरकारको चालू आव २०८०/८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उनले बताए ।

वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ३९ बजे

मन्त्री यादवले भने- खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदको किस्तावापतको रु

प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या

काठमाडौं– उच्च अदालत विराटनगरले प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र

सिमलताल दुर्घटना- नेपाली उद्धारकर्ता उपलब्धिविहीन, अब भारतीय सहयोगको प्रतीक्षा

चितवन- गत शुक्रबार बिहान पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र

अर्थसंक्षेप : नेप्से ५४ अंकले बढ्यो, घरजग्गा कारोबार घट्यो

काठमाडौं– आज नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढीको भयो