हाँडीगाउँमा पुननिर्माण भइरहेका सम्पदाको अनुगमन | Khabarhub Khabarhub

हाँडीगाउँमा पुननिर्माण भइरहेका सम्पदाको अनुगमन


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुनःनिर्माण भइरहेका सम्पदाहरूको भौतिक अवस्थाको अनुगमन गरेको छ ।

यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र मालीगाउँमा रहेको मैती अजिमा द्योः छेँः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरू हेरिएको थियो । 

अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापती, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुननिर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरुलाई बोलाइएको थियो । 

पुनःनिर्माणको प्रगति हेरिसकेपछि प्रतिक्रिया दिँदै समितिका संयोजक डंगोलले, पुनःनिर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताइन् । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौँको पहिचानसँग जोडिएका स्मारक हुन् । परम्परागत विधिको पुनःनिर्माण शैली अनुकरण योग्य छ ।’ 

‘पुनःनिर्माण योजनामा निर्धारण गरिएको शैलीलाई पछ््याइएको पाइयो । कलात्मक थाम, ढोकामा मौलिक चुकुल र आग्लो बनाइएको छ ।’ आयोगका उपाध्यक्ष राजभण्डारीले भने, ‘यसरी पुनःनिर्माण गरिने संरचनाले नेवाः संस्कृतिलाई पुस्तान्तरण गराउँछ ।’ 

समितिबाट सम्पदा संरचनाको अनुगमन हुन थालेपछी गुणस्तर सुनिश्चित हुन्छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘निर्माण पक्षले गलत गर्न पाउँदैन । स्तरमा तलमाथि गर्न पाउँदैन । कुनै कारणले त्रुटि भएको देखिए सच्याउने अवसर हुन्छ ।’ 

द्योः छेँः २०७२ सालको भूकम्पले जीर्ण भएको थियो । यसको पुनःनिर्माणका लागि २०७७ मंसिर १३ गतेको साइत बनाएर भत्काउन थालिएको थियो । त्यही महिनाको २६ गते शिलान्यास गरियो । पुस १५ गतेबाट सुरु भएको काम २०७८ मंसिर २८ गते सकिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । 

द्यो छेँ क्रमागत योजनाअन्तर्गत पुननिर्माण भएको हो । पहिलो चरणमा ६४ लाख १४ हजार रुपैयाँ लागतको काम भएको थियो । लागतको ७ प्रतिशत उपभोक्ता समितिले व्यहोरेको थियो । यो कामका लागि ७४ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागका प्रमुख कुमारी राईको भनाइ छ । 

दोस्रो चरणको काममा भवनको बाहिरी भागलाई नेवाः शैलीको बनाउने थियो । २०७८ चैत २ गते थालिएको काम सक्नु पर्ने अवधि २०७९ फागुन ३० गतेसम्म थियो । तर काम तोकिएको अवधिभन्दा अगाडि नै अर्थात् २०८० फागुन ६ गते सकियो । ७६ लाख ३१ हजार रुपैयाँ लागत अनुमान गरिएको कामका लागि उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रह्यो । यो काम ६६ लाख ९३ हजार रुपैयाँमा काम सम्पन्न भयो । 

तेस्रो चरणको कामका लागि उपभोक्ताबाट महानगरपालिकामा योजना माग भएको छ । यो चरणमा भित्री भागको निर्माण तथा सजावटको काम गर्ने योजना छ । 

यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक बर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ । 

वडा नं। ५ कै धनगणेश सत्तलको निर्माण कार्य सकिएको छ । २०८० असार २० गतेदेखि थालिएको काम आउँदो असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेमा जेठ २९ गते नै सकिएको, इञ्जिनियर रुपा डंगोलले जानकारी दिइन्  । 

सत्तल निर्माणको लागत ७३ लाख ९१ हजार रुपैयाँ हो । यो काम ७२ लाख ११ हजार रुपैयाँमा सम्पन्न भएको हो । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ०८ बजे

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व

आगलागीबाट सात लाख बढीको क्षति

बैतडी – यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौं – नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा