कोशी सरकारबाट बाहिरिँदै माओवादी  « Khabarhub

कोशी सरकारबाट बाहिरिँदै माओवादी 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।

केन्द्रमा काँग्रेस-एमाले गठबन्धन बनेदेखि नै कोशीमा माओवादी सरकारबाट बाहिरिने अनुमान गरिएको थियो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।

केन्द्रमा काँग्रेस-एमालेबीच कोशी प्रदेशमा पहिले एमालेले सरकारले नेतृत्व गर्ने सहमति भएकाले हालका मुख्यमन्त्री कार्कीको पद सुरक्षित रहेको छ ।

कोशीमा कांग्रेस एमालेले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गरि सहमति भएको बताइएको छ । माओवादी सरकारबाट बाहिरिने निश्चित भएपछि काँग्रेस-एमालेका नेताहरूले मन्त्रीको भागबन्डा बारे छलफल शुरु गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ३४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल