बर्दिबासमा सर्पदंशका बिरामीको उपचार निःशुल्क | Khabarhub Khabarhub

बर्दिबासमा सर्पदंशका बिरामीको उपचार निःशुल्क


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यहाँको बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे ।

‘नगरक्षेत्रमा हुने सर्पदंशका बिरामीको उपचार अब निःशुल्क हुन्छ’, नगरप्रमुख क्षत्रीले भने, ‘केन्द्रमा सर्पदंश उपचारका लागि विशेषज्ञसहितका सुविधा सम्पन्न पूर्वाधार बनाइनेछ ।’ सोही अवसरमा क्षत्रीले केन्द्रलाई भवन अपुग देखिएको हुँदा थप दुईकोठे भवन तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाए ।

बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ का रुपमा चिनिन्छ । खासगरी करेत र गोमन जस्ता विषालु सर्पको बसेराले यो क्षेत्र सर्पदंशको अति प्रभावित क्षेत्र हो । सर्पले डसेपछि उपचारका पर्याप्त साधन नहुँदा गम्भीर बिरामीलाई अन्यत्रका सर्पदंश उपचार केन्द्रमा पठाउने गरिएको छ । यो अवस्था अन्त्य गर्न केन्द्रलाई साधन सम्पन्न बनाएर निःशुल्क उपचार गर्ने घोषणाले नगरवासीले राहत महसुस गरेका छन् ।

सर्पको बिगबिगी भएको यस ठाउँमा विसं २०७१ साउन ३१ गते सर्पदंश उपचार केन्द्रको स्थापना भएको थियो । केन्द्रमा सर्पदंशको उपचारमा दक्ष नेपाली सेनाका छ जनाको जनशक्तिले सेवा दिँदै आएको छ । 

अब केन्द्रमा थप साधनसहित विशेषज्ञको प्रबन्ध गरिने र बिरामीको निःशुल्क उपचार हुँदा नगरवासी लाभान्वित हुने सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा बताउँछन् । बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या उपचार केन्द्रमार्फत प्रत्यक्ष लाभान्वित हुने देवकोटाको भनाइ छ ।

यसअघि बर्दिबास–३ को वडाकार्यालयले वडाबासीका लागि सर्पदंशको निःशुल्क उपचारको प्रबन्ध गत असारदेखि सुरु गरेको थियो । वडा कार्यालयले केन्द्रको मागअनुसार औषधि र सेवाशुल्कवापत रकम दिँदै आएको छ । 

केन्द्रमा बर्दिबास नगरक्षेत्रबाहेक गौशाला, भङ्गाहा, औरही, शरामगोपालपुर, सोनमा र सीमा जोडिएका धनुषा, सर्लाही र सिन्धुलीका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ०१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित