टीआरसी विधेयकमा सैद्धान्तिक सहमति, सोमबार अन्तिम रुप दिने तयारी « Khabarhub

टीआरसी विधेयकमा सैद्धान्तिक सहमति, सोमबार अन्तिम रुप दिने तयारी


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धमा गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमामा सहमति जुटाउनेबारे छलफल भएको छ ।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट सत्तारुढ दलका मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संयन्त्रका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए ।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गर्छौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रुप दिने कुरा भएको छ,’ उनले भने ।

यस्तै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रुप दिने गरी बैठक सकिएको बताए ।

‘हामी यो बिषयलाई अन्तिम रुप दिँदैछौं। फाइनल गर्न केही राय पनि सोमबारसम्म लिन्छौं । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ उनले भने ।

पीडितमैत्री, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाइने बर्तौलाले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई बुझाइने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ११ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा