अध्यक्ष थापा भन्छन्- गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौँ  | Khabarhub Khabarhub

अध्यक्ष थापा भन्छन्- गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौँ 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता सम्पूर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका छन् ।

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे ।

व्यक्ति परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए । ड्राइभर फेरेर ,बस परिवर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिवर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे ।

बेरोजगारी समस्या ,धर्मपरिवर्तन, आर्थिक मन्दी , भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सही गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए ।

पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानू पर्ने भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।

पार्टीको महाधिवेशनलाई समय सीमामा सक्न संरचना निर्माण, इकाई कमिटी गठन पुनर्गठन कार्य गर्न समेत थालाले आग्रह गरे । प्रशिक्षण कार्यक्रममा डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ले समेत प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : २२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस