फिल्म निर्देशनमा डेब्यू गर्दै निमेष, भयो ‘लाइफ ड्यामेज’ शुभमुहूर्त | Khabarhub Khabarhub

फिल्म निर्देशनमा डेब्यू गर्दै निमेष, भयो ‘लाइफ ड्यामेज’ शुभमुहूर्त


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्चालमा  ‘कन्टेन क्रियटर’का रुपमा चर्चामा आएका निमेष श्रेष्ठले फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन रहने फिल्म ‘लाइफ ड्यामेज’को शुक्रबार कमलादीको गणेश मन्दिरमा शुभमुहूर्त गरिएको हो।

मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए। फिल्म ‘फेन्टासी कमेडी ड्रामा’मा आधारित रहेको निमेषले जानकारी दिएका छन् । चलचित्रको कथाबारे उनले भने, ‘अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ।’

उनले यस फिल्ममा नायिका सुरक्षा पन्तसँग स्क्रिन सेयर गर्ने भएका छन्। फिल्ममा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहने बताइएको छ ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म यसै वर्ष प्रदर्शन गर्ने निमेषको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ५८ बजे

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका