सौर्यको जहाज दुर्घटना- पोस्टमार्टमपछि ५ शव आफन्तको जिम्मा (तस्बिरहरू) | Khabarhub Khabarhub

सौर्यको जहाज दुर्घटना- पोस्टमार्टमपछि ५ शव आफन्तको जिम्मा (तस्बिरहरू)


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये ५ जनाको पोस्टमार्टम सकिएको छ।

पोस्टमार्टम सकिएसँगै उनीहरू अन्तिम संस्कारका लागि त्रिवि शिक्षण अस्पतालले आफन्तलाई बुझाएको छ ।

शव जिम्मा लिने क्रममा त्रिवि शिक्षण अस्पताल परिसरमा आफन्तहरूको रुवाबासी भएको छ ।

शिक्षण अस्पताल प्रशासनले सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको शव आफन्तलाई बुझाएका हुन् ।

उनीहरूको शनिबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : ४३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ