चीनमा आँधीले तीन लाख मानिस विस्थापित | Khabarhub Khabarhub

चीनमा आँधीले तीन लाख मानिस विस्थापित


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ ।

आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ ।

उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रवातले विपत्ति निम्त्याउन सक्ने  चेतावनी बिहीबार नै दिएका  थिए ।

उनीहरूले फुजियानमा दुई लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउँदै केही सहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालयलगायत बजार बन्द भएको जनाएका छन् ।

छिमेकी झेझियाङ प्रान्तमा चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभी र अन्य चिनियाँ सञ्चारमाध्यममा शुक्रबार प्रसारण भएका फुटेजमा बाढीका कारण सडकहरू डुबानमा पर्दा सवारी साधन र स्थानीयहरूको यात्रा कठिन बनेको देखिन्थ्यो ।

करिब ९० लाख जनसङ्ख्या रहेको वानझाउ सहरमा बाढी र डुबानजन्य जोखिमको चेतावनी जारी गरिएको छ भने सात हजार मानिसहरूलाई स्थानान्तरण गरेको सिसिटिभीले  जनाएको छ ।

गेमीले मध्य जियाङ्सी र हेनानमासमेत भारी वर्षा निम्त्याउने सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चीनको धेरै जनसङ्ख्या भएको प्रान्तमध्ये एक गुआङडोङले शुक्रबार आँधीको चेतावनीपछि केही यात्रुवाहक रेल सेवाहरू स्थगित गरेको सिसिटिभीले जनाएको छ ।

आधिकारिक चिनियाँ मौसम नेटवर्कलाई उद्धृत गर्दै सिसिटिभीले चक्रवात करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर पश्चिमतर्फ अघि बढिरहेको जनाएको छ ।   शुक्रबार दिउँसो जियाङ्सी पुग्दा आँधी ‘बिस्तारै कमजोर’ हुने जनाइएको छ ।

समाचार तयार पार्दासम्म चीनमा आँधीका कारण कसैको मृत्यु तथा घाइते भएको खबर भने आएको छैन ।

खराब मौसम, बाढी र डुबानको जोखिमको मौसम पूर्वानुमान निकायहरूको चेतावनीपछि बिहीबार राष्ट्रपति सी जिनपिङको अध्यक्षताको शीर्ष नेतृत्वको बैठकमा अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : २७ बजे

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी