नेपाली दर्शकलाई ‘डकुमेन्ट्री सर्ट फिल्म‘ परिचित गराउँदै रामजी | Khabarhub Khabarhub

नेपाली दर्शकलाई ‘डकुमेन्ट्री सर्ट फिल्म‘ परिचित गराउँदै रामजी


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइन्स ‘एएमपीएएस’का अनुसार डकुमेन्ट्री सर्ट फिल्म भनेको व्यक्ति, विषय, तथ्य र घटनामा आधारित भिडियो सामाग्री हो ।

एएमपीएएसको मापदण्डअनुसार डकुमेन्ट्री सर्ट फिल्मले भिडियो अभिलेखको समेत काम गर्न सक्नुपर्छ । यसको हालको नियमअनुसार ४० मिनेट भन्दा बढी लामो भिडियो सामाग्रीलाई डकुमेन्ट्री सर्ट फिल्म मानिदैन ।

यद्यपि डकुमेन्ट्री सर्ट फिल्मको उद्देश्य दर्शकलाई कुनै विशेष समस्या, घटना वा मुद्दामा गहिरो रूपमा सोच्न र बुझ्न प्रेरित गर्नु हो । विभिन्न संस्थाले यसको छुट्टाछुट्टै मापदण्ड राखेका छन् ।

विश्वकै अभ्यास हेर्दा  फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीको तुलनामा डकुमेन्ट्री सर्ट फिल्म कम बन्छन् । नेपालमा डकुमेन्ट्री सर्ट फिल्म निकै कम बन्छन् । कम बनिरहेका यस किसिमका भिडियो कहाँ र कसरी देखाउने ? यसका मेकर्सहरु दोधारमा छन् ।

‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’ दुई डकुमेन्ट्री सर्ट फिल्म लेखन र निर्देशन गरेका रामजी ज्ञवाली भन्छन्, ‘यस्ता सामाग्री दर्शकलाई देखाउनका लागि मञ्चको आवश्यक छ ।’

ज्ञवालीका अनुसार प्रशारणको उपयुक्त माध्यम नहुँदा धेरै दर्शकले यस्ता सामाग्रीबारेमा थाहा पाएका छैनन् । थाहा पाउने पनि हेर्न पाएका छैनन !

उनी भन्छन्, ‘मेरो अघिल्ला दुई डकुमेन्ट्री सर्ट फिल्म हेर्न दर्शकले विशेष शो नै कुर्नुपर्छ । अथवा विशेष च्यारिटी शो गरेर हेर्न सकिन्छ । व्यवसायिक हिसाबले यो बाध्यता हो । युट्युबमा राखेर त्यति प्रभावकारी देखिन्न ।’

डकुमेन्ट्री सर्ट फिल्म खोज र तथ्यमा आधारित हुने भएकाले निर्माणको काम चुनौतिपूर्ण हुने उनको अनुभव छ ।

ज्ञवालीका अनुसार उनले निर्माण गरेको ‘रित्तो गाउँ’ त्रिभुवन विश्वविद्यालयका डा. उद्धव सिग्देलको खोजका आधारमा निर्मित डकुमेन्ट्री सर्ट फिल्म हो । यस सामाग्रीले रित्तिएको गाउँको कथा पेस गर्छ ।

लापत्ता सन्तान वुवा आमालाई वृद्धाआश्रम छाडेर वेपत्ता हुने कथामा आधारित छ । ज्ञवाली भन्छन्, ‘डकुमेन्ट्री सर्ट फिल्म तथ्यमा आधारित भएका हुनाले शक्तिशाली सन्देश प्रवाह हुने सम्भावना बढ्दो हुन्छ । सोही कारण पनि मेरो इच्छा धेरै नेपालीलाई यस्ता सामाग्रीसँग परिचित गराउने हो ।’

विद्यमान विषय समेट्दा थप प्रभावकारी हुने र यस्ता सामाग्रीबाट प्रवाह हुने सन्देशले सम्बन्धित पक्षलाई सजग हुन सहयोग पुग्ने उनको बुझाइ छ ।

तेस्रो प्रोजेक्टका रुपमा युवा पुस्ता केन्द्रित ‘द साइलेन्स टुर’ निर्माण गर्दैछन् । यो पनि डकुमेन्ट्री सर्ट फिल्म हो ।

साइलेन्स टुरबारे उनी भन्छन्, ‘अहिलेको युवा पुस्ता मानसिक समस्याबाट गुज्रिएको विषयलाई मैले उठान गर्न खोजेको हुँ । रिसर्चको काम भइरहेको छ ।’ ज्ञवाली भन्छन्, ‘भिडियो मार्फत देशभित्रको कथा विश्वासिलो तरिकाले पर्दामा देखाउने मेरो पहिलो प्राथमिकता हो ।’

ज्ञवालीले केही सर्ट फिल्म र केही म्युजिक भिडियो निर्माणसमेत गरेका छन् । १ दशक लामो सञ्चारकर्मलाई छोडेर उनी फिल्म निर्माणमा लागेका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : १५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको