रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन् « Khabarhub

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय सदस्य गणेश कार्की सहभागी भएका छैनन् । प्रतिनिधि छनोट प्रक्रियामा अनियमितता भएको भन्दै कार्की विस्तारित बैठकमा सहभागी नभएको उनी निकट नेताहरूको भनाइ छ ।

किन बैठकमा सहभागी हुनुभएन ? भन्ने खबरहबको प्रश्नमा कार्कीले भने, ‘मेरा केही आन्तरिक कारणहरूले म उपस्थित नभएको हो अन्य केही कारण छैन ।’

विस्तारित बैठकमा रवि लामिछाने पक्ष र डीपी आर्याल पक्षको मात्रै एकात्मकता रहेको भन्दै कार्की लगायतका नेताहरू असन्तुष्ट छन् । असन्तुष्ट पक्षका एक नेताको अनुसार बैठकमा कार्की मात्रै नभएर कोशी प्रदेशका केही जिल्लागत अध्यक्षहरू पनि उपस्थित छैनन् ।

‘गणेशजीले सुरुदेखि नै विस्तारित बैठकमा प्रतिनिधि छनोट विधिको विषयमा असन्तुष्टि जनाउँदै आउनुभएको थियो । त्यही कारण पनि उहाँ उपस्थित नभएको हुन सक्छ ।’ कार्की निकट नेताले खबरहबलाई भने, ‘डीपी अर्याल र रवि लामिछाने पक्षधर मान्छेहरू मात्रै समेटिएपछि धेरै नेताहरू असन्तुष्ट हुनुहुन्छ । त्यहाँ त्यो असन्तुष्टिको स्वरहरू आउन सक्छ ।’

कार्कीले तिरेका छैनन् दुई वर्षको लेबी

केन्द्रीय सदस्य कार्कीले २०८१ र ८२ को पार्टीले समेत नबुझाएको बताइएको छ । हामीले यसबारे सोध्न कार्कीलाई सम्पर्क गरेका थियौँ । सम्पर्कका क्रममा उनले २०८१ र ८२ को पार्टीलाई लेबी नबुझाएको पुष्टि गरे ।

किन तिर्नुभएन ? भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘मैले त सुरुवातदेखि नै पार्टीको लेबी महँगो भयो भनेकै थिएँ । यहाँभन्दा अरु केही भन्नु छैन ।’

गणेश कार्कीसँगै तोसिमा कर्कील लगायतका केही नेताहरूले समेत पार्टीको लेबी बुझाएका छैनन् । रास्वपाको पहिलो वर्षको लेबी १० हजार र २०८१ को लेबी १ लाख रुपैयाँ थियो । अहिले रास्वपाको वार्षिक लेवी २५ हजार रुपैयाँ छ ।

कार्कीले पार्टी पुननिर्माणको माग गर्दै निरन्तर पार्टीमा वैचारिक आवाज उठाइरहेको देखिन्छ । जेन-जी आन्दोलनपछि केही नेताहरूले उनले पार्टी छोड्न लागेको सूचनासमेत दिएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : २१ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज