जनतामा देखिएको निराशा हटाउन सरकार तयार छ : मन्त्री भण्डारी « Khabarhub

जनतामा देखिएको निराशा हटाउन सरकार तयार छ : मन्त्री भण्डारी


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौँमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए । 

उनले भने, ‘नेपालको उद्यमशीलताऔद्योगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।’

मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए। उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए ।  

उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ ।’ गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ थियो । 

गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो । 

सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा हरिदत्त पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : ०४ बजे

एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ?

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक– निर्धारित समय सीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम

साफ क्लब महिला च्याम्पियनसिप : एपिएफले हरायो कराँची सिटीलाई

काठमाडौं– एपीएफ फुटबल क्लब काठमाडौंमा जारी साफ क्लब महिला च्याम्पियनसिपको

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौं– ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन विश्वविद्यालयमा

कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको