भारतको लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा « Khabarhub

भारतको लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा


१० भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दिका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्- ‘विकसित र समृद्ध लद्दाख निर्माण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ।’ गृहमन्त्री शाहले अगाडी भनेका छन् ‘नयाँ जिल्लाको नाम, –झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ। हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्‍याइनेछ। ‘ उनले मोदी नेतृत्वको सरकारले लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

गृहमन्त्री शाहको यो घोषणा पछि  प्रधानमन्त्री मोदीले  लद्दाखमा पाँच नयाँ जिल्लाहरू निर्माण गर्नु राम्रो शासन र समृद्धिको लागि ठूलो कदम भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ। त्यहाँका जनतालाई बधाई छ ।’

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ३ : ०५ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले