पर्यटनमन्त्री नै भन्छन् : नेपाल एयरलाइन्सको अवस्था अत्यन्तै कम्जोर भएको छ « Khabarhub

पर्यटनमन्त्री नै भन्छन् : नेपाल एयरलाइन्सको अवस्था अत्यन्तै कम्जोर भएको छ


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् ।

सोमबार पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताव्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘नेपाल एयरलाइन्स खस्किएको छ । अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ। नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ। यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ।’

उनले आधा शताव्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यश क्षेत्रको सुधारका लागि सम्वद्ध सबैले निष्ठा पूर्व लाग्नु पर्ने बताए।

साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गरे।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ३ : १३ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब