समाचार

पाटनको कृष्ण मन्दिरमा पूजा गर्न पुगे राष्ट्रपति पौडल (तस्बिरहरू)

By खबरहब

August 26, 2024

काठमाडौं- राष्ट्रपति रामचन्द्र पाैडेलले श्रीकृष्ण जन्माष्टमी पर्वकाे उपलक्ष्यमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।

प्रथम महाला सविता पाैडेलसहित पुगेका उनले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र प्रसाद ग्रहण गरेका छन् । उनी पाटन कृष्ण मन्दिर पुग्दा सुरक्षा कडा पारिएको थियो ।

राष्ट्रपति पाैडेललाई पाटन कृष्ण मन्दिरमा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू र सांसदलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी सोमबार देशभर भगवान श्रीकृष्णकाे पूजा आराधना गरी मनाउँदै छन् ।