भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने « Khabarhub

साफ यु–२० च्याम्पियनसिप

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ ।

सोमबार सातदोबाटोस्थित मैदानमा भएको खेलको छिनोफानो पेनाल्टी सुटआउटमा हुँदा बंगलादेशले भारतलाई ४-३ गोलले हराएको हो । यसअघि खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो ।

यससँगै यस संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ। गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।

उक्त हारको बदला पनि बंगलादेशले लिएको छ । अब बुधबार हुने उपाधि भिडन्तमा नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

नेपालले आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमै हराउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : ०७ बजे

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर