बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु भएको छ । घटनामा अरु धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केही समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताएका छन् ।

उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने बताए । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताएका छन् ।

करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर –३ अगाडिबाट साँझ ५ः०० बजे पद्मा नदीमा खसेको जनाइएको छ ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : ०७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६