एमाले सांसदहरूलाई अध्यक्ष ओ‌लीले च्यासलमा बोलाए « Khabarhub

एमाले सांसदहरूलाई अध्यक्ष ओ‌लीले च्यासलमा बोलाए


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २५ जना सांसदहरूलाई च्यासलमा बोलाएका छन् ।

बुवा मोहनप्रसाद ओलीको काजकिरिया सकिएपछि ओली पहिलो पटक एमाले केन्द्रीय कार्यालय च्यासलमा आउन लागेका हुन् ।

उनले सिंहदरबारमा शपथ लिइसकेपछि बिहीबार दिउँसो ३ बजे सबै २५ जना सांसदहरूलाई निर्देशन दिन च्यासल बोलाएका हुन् ।

एमालेले फागुन २१ को निर्वाचनमा लज्जाजस्पद नतिजासहित प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ केबल १६ सिटमात्रै जित्न सफल भएको छ।

एमालेले चुनावी धक्का ब्यहोर्दै अध्यक्ष ओलीसहित सबै पदाधिकारीले हारको सामना गर्नुपरेको छ। यो अवस्थामा एमालेले अब संसदीय दलको नेता पनि चयन गर्नुपर्नेछ ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा बादलसहितका सांसदहरूको चर्चा छ । युवा एमाालेहरूले भने सुहाङ नेम्बाङलाई दलको नेता बनाउनुपर्ने बताइरहेका छन ।

यस्तोमा ओलीले आफ्नो दलका सांसदहरूलाई प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकासहितका विषयमा निर्देशन दिने बताइएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : १३ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्