माथिबाट ढुंगो खसेर गुडिरहेको बस क्षतिग्रस्त, एकजना यात्रु घाइते « Khabarhub

नारायणगढ-मुग्लिन सडक

माथिबाट ढुंगो खसेर गुडिरहेको बस क्षतिग्रस्त, एकजना यात्रु घाइते


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चितनव- नारायणगढ-मुग्लिन सडक दिनदिनै यात्रुका लागि जोखिमपूर्ण बन्दै गएको छ।

लगातार भइरहेका दुर्घटना र पहिरोका कारण यो एसियन हाइवेअन्तर्गतको यो खण्डमा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

आइतबार मात्रै मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको घटना सेलाउन नपाउँदै सोमबार अर्को बस क्षतिग्रस्त भएको छ ।

आइतबार महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१-००-२-१३३२ नम्बरको बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका थिए ।

बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटनामा परेको थियो । तर सडकको तल्लोतर्फ बलियो पर्खाल रहेकाले बस त्रिशूलीमा झर्न पाएन ।

आइतबारको घटना सेलाउन नपाउँदै सोमबार पोखराबाट वीरगञ्ज जाँदै गरेको एउटा बसमा माथिबाट ठूलो ढुंगो खसेको छ ।

ग २ ख १३६७ नम्बरको बसमा यो सडकखण्डको पाँचकिलोमा माथिबाट ढुङ्गा खसेर लागेको हो । त्यसक्रममा एकजना जना भएका उक्त बसमा सवार मनोज घिमिरे क्षत्रीले बताएका छन् ।

ढुंगाले लागेपछि बसको अघिल्लो भाग क्षतिग्रस्त भएको छ । बसको अगाडिको भागको शिशा पूरै फुटेको छ । बसमा झरेको ढुंगो चालकनजिकै खसे पनि मानवीय हताहती हुन पाएन ।

बसमा क्षति पुगेपछि सबै यात्रुलाई झारेर अर्कोमा पठाइएको छ । नाम, ठेगाना खुल्न नसकेका चालकलाई उपचारका लागि नारायणगढ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै