कमल थापाले ल्याए किताब ‘नाकाबन्दी र कुटनीति’ , ओलीद्वारा लोकार्पण « Khabarhub

कमल थापाले ल्याए किताब ‘नाकाबन्दी र कुटनीति’ , ओलीद्वारा लोकार्पण


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ पुस्तकको आइतबार काठमाडौंमा लोकार्पण गरेका छन् ।

उक्त पुस्तकलाई ६ खण्डमा बाँडिएको लेखक थापाले बताएका छन् । परराष्ट्र मामिला र कूटनीतिकक घटनाक्रम समावेश उक्त पुस्तकमा थापाका अनुभव समेटिएका छन् ।

पुस्तकमा एकीकृत महाकाली सन्धि र २०७२ असोजमा नेपालको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा आफूले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोका अनुभूति अभिव्यक्त गरिएको उनले बताएका छन् ।

थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन् ।

नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमानदारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको बताएका छन् । लामो रुपमा विषयवस्तु नतन्काएको पनि उनले बताए ।

नेपाल-भारत सीमा समस्या, चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखसँगको भेट  लगायत विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले बताए ।

उक्त पुस्तक आत्मकथा नभएको थापाले स्पष्ट पारे । मुलुकको भूराजनीति, सुरक्षा एवम् सामरिक मामिलामा नेपाल-भारत अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादबाट समाधान हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए ।

लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री भएका थिए ।

थापाले यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक ल्याइसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ०३ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज