ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू | Khabarhub Khabarhub

ओलीविरुद्ध नाराबाजी भएपछि रिसाएका देउवाले भने- लाज नभएका बदमासहरू


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र आफूविरूद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएका छन् ।

गौराको शुभकामना दिन मञ्चमा उक्लिएको बेला पनि नाराबाजी भएपछि देउवाले आक्रोश पोखेका हुन् ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन देउवासँगै पुगेका प्रधानमन्त्री ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको थियो ।

त्यसलाई लिएर देउवाले मञ्चबाटै आपत्ति जनाउँदै आक्रोश पोखेका हुन् ।

‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज सरम छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालीको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरूलाई न खेल्न दिएका छन् । कार्यक्रम बिथोल्न पछाडि बसे र जथाभावी बोलेका छन् ।’

त्यसक्रममा देउवाले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सबै भागका जनतालाई जोड्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले पनि उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण सद्‍भाव रहेको उल्लेख गरे ।

‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : १८ बजे

स्थानीय तहद्वारा ७२ किलोमिटर नयाँ ‘ट्र्याक’ विस्तार

दमौली– जिल्लाका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन् ।

थापाथलीस्थित प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई

परराष्ट्रमन्त्रीले राजदूत सिफारिस समावेशी हुन नसकेको स्वीकारिन्

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत नियुक्ति गर्दा समावेशी पाटोमा

सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २०