खानेपानी क्षेत्रका समस्या समाधान गर्न जलस्रोतको अध्ययन आवश्यक : मन्त्री यादव | Khabarhub Khabarhub

खानेपानी क्षेत्रका समस्या समाधान गर्न जलस्रोतको अध्ययन आवश्यक : मन्त्री यादव


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नारायणगढखानेपानीमन्त्री प्रदीप यादवले देशैभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गरे । 

‘आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ । पहाडमा पानीका मुहान सुक्न थालेका छन् । मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन’, उनले भने ,’चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरेर आवश्यक काम गर्न जरुरी छ ।’ 

आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था सक्ने भन्दै मन्त्री यादवले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने आवश्यकता औँल्याए । उनले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने धारणा राखे। ‘ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईँहरू डराउनुपर्दैन । नियमावली अपरिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो । जनताको हकहितका लागि आवश्यकताअनुसार यसलाई परिवर्तन गर्न पर्छ । उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ’,मन्त्री यादवको भनाइ थियो ।

उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँ जनतालाई खानेपानी उपलब्ध गराएकामा धन्यवाद दिँदै उनले खानेपानीमा बिजुलीलगायत छुटको व्यवस्था गर्नुपर्ने बताए। मन्त्री यादवले साना उपभोक्ता संस्थालाई काम तथा कार्यक्षेत्रका आधारमा गाभेर अगाडि बढ्नुपर्नेसमेत बताए । 

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिले व्यावसायिक उद्देश्य राखेर अघि बढ्नुपर्ने बताए। उनले खानेपानीको अधुरो आयोजना पूरा गर्न विभाग लागेको र जलवायु परिवर्तनलगायत कारणले पानीको स्रोत घट्दै जाँदा यसमा समस्या आएको उल्लेख गरे ।

महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीमा राज्यले लगाउने कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने बताए । विभिन्न निर्माण तथा मर्मतकार्य गरिँदा वा खानेपानीको पाइप बिछ्याउँदा समन्वय हुनपर्ने उनको भनाइ छ । 

महासङ्घले सरकारले गरेका राम्रो निणर्यमा सदैव साथ दिने प्रतिबद्घता व्यक्त गर्दै अध्यक्ष अर्यालले सबैसँग सहकार्य गरेर उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।

महासङ्घका उपाध्यक्ष जनक गिरीले खानेपानीको विद्यमान अवस्था, चुनौती र रणनितिका बारेमा प्रस्तुती राखेका थिए । अधिवक्ता दिलराज खनालले खानेपानी तथा सरसफाइका कानुनी व्यवस्था र उपभोक्ता संस्थाको नीतिगत कुराहरू प्रस्तुत गरेका थिए । खानेपानी तथा सरसफाइविज्ञ विनोद शर्माले खानेपानी तथा सरसफाइ दिगो विकासका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमम खानेपानी महासङ्घ रत्ननगरका अध्यक्ष माधव अर्याल, चितवन खानेपानी महासङ्घका अध्यक्ष धनराज गुरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलागयतले बोलेका थिए । त्यस अवसरमा देशभरबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न विधाका चार जना पत्रकारलाई सम्मान गरिएको थियो । 

गोष्ठीमा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : २९ बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा