पृथ्वी राजमार्गको आदमघाटमा पहिरो, मुग्लिन-काठमाडौं सडक ठप्प « Khabarhub

पृथ्वी राजमार्गको आदमघाटमा पहिरो, मुग्लिन-काठमाडौं सडक ठप्प


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

धादिङ- मुग्लिन-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको आदमघाटनजिकै ठूलो पहिरो झरेको छ । धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा माथिबाट ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग पूरै ठप्प भएको छ ।

सोमबार साँझ ५ बजे राजमार्गमा ठूलो पहिरो खसेपछि दुवैतर्फ यातायात पूर्ण रुपमा ठप्प भएको छ । अहिलेसम्म पहिरो हटाइएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार पहिरो हटाउन अझै समय लाग्नेछ । थप पहिरो नखसे रातिसम्म हटाएर सवारी खुलाउन सकिने छ ।

पहिरोले मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रुपमा अबरुद्व भएको छ । सडक अवरूद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको छ । हजारौँ यात्रु बाटैमा अलपत्र छन् ।

उता नारायगढ-मुग्लिन र मुग्लिन-तनहुँ सडक भने सामान्य अवस्थामा सवारी साधन दुईतर्फी चलिरहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ३३ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट