बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित « Khabarhub

बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् ।

विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र (एनडिआरसिसी)को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमबार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय चार जना प्रभावित भएका छन् ।

मन्त्रालयको वेवसाइटमा प्रकाशित प्रतिवेदनमा देशमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने ११ जिल्लामा १२ लाख ३८ हजार ४८ परिवार अलपत्र परेका छन् । दुई जना बेपत्ता समेत भएको बताइएको छ ।

गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ ।बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पु¥याएको बताइएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले आइतबार सबै सरोकारवालाहरूलाई अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न, आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढी पीडितहरूका लागि हरसम्भव सहयोग गर्न आफ्नो बलियो प्रयास जारी राख्न आग्रह गरे ।

अधिकारीहरूले उद्धार कार्यहरू सञ्चालन गर्न, राहत सामग्री वितरण गर्न र करिब पाँच लाख बाढी प्रभावित मानिसले आश्रय लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिकार्य बलका टोलीहरूलाई पठाएका छन् ।

बङ्गलादेशमा आएको बाढीका कारण उत्पन्न भएको महत्त्वपूर्ण चुनौतीको सामना गर्दै बङ्गलादेशस्थित चिनियाँ दूतावासले आइतबार फेनीको सबैभन्दा बढी प्रभावित क्षेत्रमा तयारी खाना, पिउने पानी र जीवनयापनका अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

यसबाहेक चीनको रेडक्रस सोसाइटीले बङ्गलादेश रेड क्रिसेन्ट सोसाइटीलाई आपत्कालीन मानवीय सहायताका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ । साथै यहाँको चिनियाँ दूतावासले प्रमुख सल्लाहकार राहत तथा कल्याणकारी कोषमा २० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ५८ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि