कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा « Khabarhub

कान्तिलोकपथ र सिस्नेरी सडक सञ्चालनमा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको दुई वटा मार्ग सञ्चालनमा आएका छन् । आज अपराह्न परेको पानीका कारण अवरुद्ध भएको कान्तिलोकपथ र भीमफेदी–सिस्नेरी–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको हो ।

सडक माथिबाट लेदो पहिरो झरेका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित कान्तिलोकपथ वर्षाका कारण लेदो पहिरो खसी अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको थियो ।

बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र ‘फास्ट ट्र्याक’सँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नं ३ रामचन्द्र भञ्ज्याङमा सडकमाथिबाट लेदो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ०२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका