आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १० गते बिहीबारको राशिफल


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। लगानीका स्रोतमध्ये वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा न्याय मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। रोगको भय रहने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ।

वृष : धनलक्ष्मी योग छ। गुम्न लागेको धन हात लाग्नेछ। आज गरेको लगानी दीर्घकालीन हुनेछ। लगानीका लागि हिम्मत गर्नुपर्नेछ। पेट सम्बन्धी प्रकोप बढ्ने जोखिम छ। परिवारमा कर्तव्य गरेर अगाडि बढ्नुपर्ने हुन्छ।

मिथुन : तपाईंको राशिमा चन्द्रमाले गोचरी गरेकाले सोचेको काम बन्नेछ। लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्दैमा दिन बित्नेछ। तपाईंकै कारण आफन्त टाढा पुग्ने भएकाले बोल्दा भने सचेत बन्नु राम्रो हुन्छ।

कर्कट : अढैया शनिले सताएकाले मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने छ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा परिवारमा मेलमिलाप हुनेछ। व्यापारमा समस्या हुने भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ।

सिंह : आज तपाईंमा पद र रुपको घमण्ड हुनेछ। कला र गलाको प्रशंसा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ।

कन्या : मनमा शान्ति मिल्नेछ। परिवारको साथ मिल्नेछ। तपाईंलाई विवादमा फसाएर फाइदा लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। धार्मिक भेलामा जुट्ने अवसर मिल्नेछ।

तुला : दैनिकी सहज र शान्त छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सम्मान मिल्नेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

वृश्चिक : आज पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिकी सहज र शान्त बन्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग प्राप्त हुने दिन छ। परिवारसँग खटपटी बढ्ने भएकाले थोरै बोल्दा फाइदा हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : लगानीको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानी भन्दा स्वदेशमा अवसर प्राप्त हुनेछ। शेयर बजारमा फाइदा हुनेछ। परिवारको साथमा मात्र महत्त्वपूर्ण निर्णय लिनु फाइदा हुनेछ।

मकर : साढेसातीको सामना गर्ने समय भएकाले मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सहज बन्नेछ। हरेक काममा समस्या हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

कुम्भ : शान्त भएर काम गर्नुपर्ने दिन छ। समस्यामा पारेर फसाउने व्यक्ति सक्रिय भएकाले ठुलो लगानी नगर्नु फाइदा हुनेछ। शनि केन्द्रमा भए परिवारमा सुख र शान्ति मिल्नेछ।

मीन : आफ्नो आश्रयमा शरण लिनेलाई उचित व्यवस्थापन गर्न नसक्दा मनमा चिन्ता बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। मान्यजनको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध शान्त र सहज बन्नेछ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : १० बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना