सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बाबु घाइते « Khabarhub

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बाबु घाइते


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन् ।

गएराति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

उनले आफ्नै ५४ वर्षीय बुबा रामदिनेश यादवलाई पनि गोली हानेका थिए । गोली लागेका यादव घाइते छन् । उनकाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

श्रीमती र बाबुलाई गोली हानी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्ने व्यक्तिको परिचय खुलाएको छैन ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : ३३ बजे

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।