टाउको दुख्ने समस्या किन आउँछ ? यसरी बच्नुहोस् « Khabarhub

टाउको दुख्ने समस्या किन आउँछ ? यसरी बच्नुहोस्


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भनिन्छ । गर्मीको मौसममा मानिसमा देखिने एउटा प्रमुख समस्या हो, टाउको दुख्ने । यो मौसममा मानिसमा अत्यधिक मात्रामा टाउको दुख्ने समस्या हुने गर्दछ । तर यसलाई सामान्य मान्नु हुँदैन । यसको समयमा उपचार गरिहाल्नु पर्दछ ।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ । टाउको दुख्नु भनेको आफैंमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो । यो बिभिन्न कारणले हुन्छ। मेडिकल भाषामा  प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ ।

सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठिक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल राख्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

टाउको बिना कारण दुख्दैन । यो विभिन्न कारणले हुन सक्छ । त्यसैले टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककोमा जानु पर्दछ । अन्यथा बिस्तारै टाउको दुख्ने समस्या बढ्दै गयो भने यो माइग्रेनको लक्षण पनि हुन सक्छ । त्यसैले तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

टाउको दुख्दा घरमै गर्न मिल्ने केही उपचार

– कहिलेकाहीँ एकदमै टाउको दुख्यो भने खाली पेट भए तत्काल केही खानु पर्दछ । भोकले पनि टाउको दुख्ने गर्दछ ।

– टाउको दुख्नुमा अनिन्द्रा पनि हुन सक्छ, यसमा ध्यान दिने । यदि अनिन्द्रा हो भने सम्भव भएसम्म निदाउने प्रयास गर्ने र निन्द्रा लागुन्जेल पर्याप्त सुत्ने ।

– शरीरमा भएका केही गडबडीले पनि टाउको दुख्न सक्छ, यस्तोमा केवल १ गिलास चिसो पानी पिएमा दुखाई केही कम हुन सक्छ ।

– अत्यधिक टाउको दुखेमा चिसो पानीले आफ्नो मुख र टाउको धुनु पर्दछ । तर, लगातार धुनु हुँदैन ।

– अत्यधिक टाउको दुखेको वेला बेलुकी दूध पिउने हो भने पनि टाउको दुख्न कम हुन्छ ।

– कहिलेकाहीँ आँखाको पावरमा उतारचढाव आउँदा पनि टाउको दुख्न सक्छ । त्यसका लागि आँखाको जाँच गर्न जरुरी छ । तर लामो समयसम्म टाउको दुखि रह्यो भने तुरुन्तै सम्बन्धित चिकित्सककाे सल्लाह लिनु पर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : २१ बजे

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त