टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा « Khabarhub

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशका अल राउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा गर्दै उनले गत टी-२० विश्वकपनै आफ्ना लागि टी-२० मा अन्तिम खेल भएको बताए । उनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध हुने भनिएको टेस्ट खेल आफ्नो अन्तिम टेस्ट हुने बताएका छन् ।

उनले बंगलादेशका लागि एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने बताए । शकिबले बंगलादेशमा अहिलेको परिवर्तित अवस्थामा खेल्न सक्ने अवस्था भएमा दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्ने बताए । आफू आफ्नो सुरक्षाको विषयमा सचेत रहेको भन्दै अहिले बंगलादेशमा अवस्था सुध्रिएको बताए ।

शकिब पछिल्लो शेख हसिना नेतृत्वको पार्टीका निर्वाचित सांसद थिए । बंगलादेशमा हसिनाको पत्नपछि शकिबमाथि पनि मुद्धा चलाएर कारवाही गर्नुपर्ने माग उठिरहेको थियो ।

३७ बर्षिय शकिब विश्व क्रिकेटमै उत्कृष्ट अलराउण्डर मानिन्छन् । उनले अहिलेसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४६ सय रन बनाएका छन् भने २४२ विकेट पनि लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेल खेल्दै ७ हजार ५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् । 

त्यसैगरी टी(२० क्रिकेटमा १२९ खेलमा २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ४ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्