काठमाडौं– एनएमबि बैंकले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’को घोषणा गरेको छ ।
बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गरेको हो ।
बैंकले विद्यार्थीहरूमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास लिएको छ ।
विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
प्रतिक्रिया