ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता « Khabarhub

ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।

ललितपुर क्षेत्र नम्बर १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार चेतननाथ सञ्जेलले ६ हजार १४८ मत ल्याएका छन् ।

उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले एक हजार ८७६ मत प्राप्त गरेक छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५१९ मत प्राप्त गरेका छन् भने एमालेका प्रेमबहादुर महर्जनले एक हजार १३६ मत ल्याएका छन् ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की ३१ हजार ५९० मतसहित अग्रस्थानमा रहेकी छिन् । नेपाली कांग्रेसका जीतेन्द्र श्रेष्ठले ६ हजार ३६९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी महर्जनले तीन हजार ४५९ मत प्राप्त गरेको छ भने एमालेका सन्दन थापा मगरले दुई हजार १७४ मत ल्याएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : २१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन