खानेपानीमन्त्री यादव र भुटानका ऊर्जा मन्त्री छिरिङबीच भेटवार्ता « Khabarhub

खानेपानीमन्त्री यादव र भुटानका ऊर्जा मन्त्री छिरिङबीच भेटवार्ता


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका खानेपानीमन्त्री प्रदीप यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच भेटवार्ता भएको छ ।

‘इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका मन्त्री छिरिङ र यादवसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो ।

भेटमा मन्त्री यादवले नेपाल र भुटानबीच प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती र जलवायु परिवर्तनका साझा मुद्दामा सहकार्यको सम्भावना औलाए । उनले भने, “दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनका क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधि आदानप्रदान गर्न सक्छन् ।”

मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रम सञ्चालन गर्न नेपाल र भुटानबीच सहकार्य हुनुपर्ने बताए । उनले विशेषगरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिजस्ता कम लागतका समाधान प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव राखे ।

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगति प्रशंसा गर्दै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधि नेपालमा पनि भित्र्याउन सकिने जिकिर गरे । उनले ढलबाट बायोग्यास उत्पादनजस्ता विधिबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औँल्याए ।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबीचको व्यापार सिधा हुनुपर्ने जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गरे । उनले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औँल्याए।

मन्त्री छिरिङले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राखे । नेपालको जलविद्युत् विकास, पर्यापर्यटन, र स्वच्छ पानी व्यवस्थापनको क्षेत्रमा भुटानसँग सहकार्य गर्ने प्रस्ताव राख्दै उहाँले भुटानी अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्नसक्ने बताए ।

भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । भुटानको अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको सफल यात्राका लागि मन्त्री यादवले भुटानी समकक्षीलाई बधाई ज्ञापन गर्दै, भुटानको अनुभवले नेपाललाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ९ : १६ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र