जीबी राईले पठाएको भनिएको इमलेबारे सत्तापक्षको बैठकमा चर्चा  « Khabarhub

जीबी राईले पठाएको भनिएको इमलेबारे सत्तापक्षको बैठकमा चर्चा 


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दलहरूबीच नेपाल प्रहरीको खोजी सूचीमा रहेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) को नामबाट पठाइएको इमेलको चर्चा भएको छ ।

सरकारका सय दिनका कामहरूको मूल्याङ्कन र आगामी कार्यनीति तय गर्न शुक्रबार बालुवाटारमा बसेको बैठकमा जीबी राईको नामबाट विभिन्न सञ्चार माध्यमहरूमा पठाइएको इमेलबारे चर्चा भएको हो ।

बालुवाटारमा बसेको बैठकको सुरुमै पछिल्लो समय चर्चामा रहेको उक्त इमेलका बारेमा नेताहरूवीच चर्चा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा इमेलबारे चर्चा भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई फोन गरेर जानकारी लिएका थिए ।

‘हामी सरकारका समय दिनको समीक्षा गर्न बालुवाटार बैठकका लागि गएका थियौँ । बैठकको सुरुमै त्यो जीबी राईले पठाएको भनिएको इमेलले चर्चा पायो,’ ती नेताले खबरहबसँग भने, ‘अनि गृहमन्त्रीजीले पुलिसलाई फोन गर्नुभयो । उताको जवाफको आधारमा ब्रिफिङ पनि गर्नुभयो ।’

ती नेताका अनुसार गृहमन्त्री लेखकले प्रहरीले दिएको जानकारी अनुसार बैठकमा सहभागी नेताहरूलाई जीबी राईले पठाएको भनिएको इमेलबारे विदेशबाट नै आएको बताएका थिए ।

‘प्रहरीले गृहमन्त्री लेखकलाई इमेल त विदेशबाटै आएको भनेको रहेछ । त्यही सुनाउनुभयो,’ ती नेताले भने, ‘कुन देशबाट आएको हो भन्नेदेखि इमेलको आधिकारिकताबारे प्रहरीले अनुसन्धान गर्दै रहेछ ।’

सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईले पठाएको भनिएको इमेल केही दिनअघि नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष किशोर श्रेष्ठले सार्वजनिक गरेका थिए ।

उनी अध्यक्ष रहेको ‘जनआस्था डटकम’ले इमलेलाई आधार बनाएर ‘रविसँगको सम्बन्ध र आफ्नो सुरक्षाबारे के भन्छन् जीबी ?’ शीर्षकमा कात्तिक ८ गते समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारको अन्त्यमा ‘इमेलबाट प्राप्त प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भइरहेको छ’ लेखिएको थियो ।

समाचार प्रकाशित भएपछि काउन्सिलका पूर्वअध्यक्ष श्रेष्ठको आलोचना चुलिएको छ । सामाजिक सञ्जालमा इमेल र जनआस्था डटकममा प्रकाशित समाचारको विषयमा आलोचना सुरु भएपछि श्रेष्ठले फेसबुकमार्फत जीबी राईका नामबाट प्राप्त इमेल नक्कली नभएको दाबी गरेका थिए ।

‘जीबीका नामबाट जनआस्थालाई आएको इमेल फेक, स्पाम (नक्कली) हैन । विदेशबाटै आएको प्रमाणित भइसक्यो । यसमा कुनै कैफियत छैन,’ उनले फेसबुकमा शुक्रबार लेखेका थिए, ‘इमेलको आधिकारिकतामा कुनै शङ्का रहेन । त्यसमा उठाइएका कन्टेन्टबारे  अब हामी विस्तृत अनुसन्धान गर्दैछौँ, ती कन्टेन्ट बयानका निम्ति नयाँ क्लु हुन् ।’

श्रेष्ठले इमेलबारे विस्तृत विवरण सरकारका दुई निकायबाट बुझ्न सकिने भन्दै नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्याल र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी दीपक थापाको नामसमेत लेखेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ११ : ५३ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)