'पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ' | Khabarhub Khabarhub

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताएका छन्। उनले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हरसम्भव प्रयास भएको बताए। 

बेँसीसहर नगरपालिका–२ चिसापानी घरबासको आज यहाँ उद्‌घाटन गर्दै सञ्चारमन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भने । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उनले बताए। उनले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताए।  

 सञ्चारमन्त्री मन्त्री गुरुङले भने, ‘स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानीलगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।’ 

फरक प्रसङ्गमा उनले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने, कृषिको यान्त्रिकीकरणका साथै व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताए।

खेतबारी बाँझो नराख्न पनि उनले सबैलाई अनुरोध गरे। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताए। 

 घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ०६ बजे

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी

जेन-जी र दलहरूलाई एकसाथ बैठक बस्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेन-जीसँगै बैठकमा सहभागी हुन नयाँ

जेनजीसँग छलफल गर्न तयार छौं: पम्फा भुसाल

काठमाडौं – नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले प्रधानमन्त्री सुशिला