रविको रिहाइका लागि आन्दोलन जारी राख्ने रास्वपाको निर्णय « Khabarhub

रविको रिहाइका लागि आन्दोलन जारी राख्ने रास्वपाको निर्णय


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

त्यस्तै राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको प्रवक्ता झाले जानकारी दिए ।

उनका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ५५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल