शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा « Khabarhub

शिवरात्रिमा ‘लाज शरणम्’ र ‘होस्टल–३’ र ‘मायावी’को प्रतिस्पर्धा


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह र नायिका दीपिका प्रसाईं केन्द्रीय भूमिकामा रहेको फिल्म ‘मायावी’ शिवरात्रि अर्थात् फागुन १४ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

दोस्रो पटक प्रदर्शन मिति हेरफेर गरेको यो फिल्मले फागुन १४ मा टेलिसिरियल ‘सक्किागोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ र ‘होस्टल–३’सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

भदौ दोस्रो साता पहिलो पटक यस फिल्मको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको थियो । तत्कालीन समयमा उक्त मितिमा फिल्म ‘एक्टर’ र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनमा आउने चर्चा थियो ।

निर्धारित समयमा ‘मायावी’ प्रदर्शनमा आएन । मायावीका निर्देशक दिवाकर भट्टराईले आफू अर्को फिल्म ‘नरसिंहा’मा व्यस्त भएकाले प्रदर्शन मिति हेरफेर गरेको दाबी गरेका थिए ।

भट्टराईले असोज १ गते सामाजिक सञ्जालमार्फत् फिल्मको नयाँ प्रदर्शन मिति पौष २६ गते तोकेका थिए ।

‘मायावी’ले दोस्रो पटक प्रदर्शन मिति हेरेफेर गर्दा पनि अन्य दुई फिल्मसँग प्रतिस्पर्धा हुने निश्चित छ । साउन ४ गते निर्माण घोषणा गर्ने बेलामै ‘लाज शरणम्’ले प्रदर्शन मिति शिवरात्रीलाई तोकेको थियो ।

त्यस्तै, भदौ तेस्रो साता छायाङ्नमा जानुअघि नै होस्टल-३ को प्रदर्शन मिति शिवरात्रिलाई तोकिएको थियो ।

लाज शरणम्को निर्देशन कुमार कट्टेल ‘जिग्री’ले गर्दैछन् । यसमा सागर लम्साल ‘बले’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल, मुकुन्द श्रेष्ठलगायतको अभिनय रहनेछ । कथा जिग्री स्वय‌काे हो ।

सशान कँडेलको निर्देशन रहने होस्टल–३ मा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तलगायतको अभिनय रहने बताइएको छ । यसको कथा निर्देशन कँडेलकै हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ५७ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्