निद्रामा झस्किने समस्या किन हुन्छ ? | Khabarhub Khabarhub

निद्रामा झस्किने समस्या किन हुन्छ ?


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला । यो के भएको होला त ? यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन ! यो आम मान्छेको मनमा आउने प्रश्न हो । यो समस्यालाई यही कारणले हुन्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ ।

मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागूऔषध धेरै खाने मानिसहरूमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

यसरी छुटकारा पाउन सकिन्छ ?

सबै भन्दा पहिला निद्रामा झस्किने आफ्नो बानी छ या छैन भनेर जान्न जरुरी हुन्छ । साना बालबालिकालाई त परिवारका सदस्यले थाहा पाउने गर्छन् तर ठूला व्यक्तिहरूले आफूले यो थाहा पाएर त्यसको समाधान तिर लाग्नु पर्छ ।

– दैनिक रूपमा बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।

– सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।

– सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।

– सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बालेर निदाउने ।

– चिन्ता र तनाव कम गरेर सुत्ने ।

– दैनिक रूपमा बिहान कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्ने वा हिँड्ने बानीको विकास गर्ने ।

– दिउँसो सुत्ने बानी हटाउने र आफूलाई दिनभर व्यस्त राख्ने गरेमा सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ । -एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ३१ बजे

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर

मुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)

उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी

काठमाडौं– विश्वकप फुटबलको समूह ‘जे’को खेलमा बेल्जियम र उत्तरी मेसेडोनियाले

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौं– ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार