निद्रामा झस्किने समस्या किन हुन्छ ? « Khabarhub

निद्रामा झस्किने समस्या किन हुन्छ ?


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निन्द्रामा कहिलेकाहीँ झस्केको अनुभव गर्नु भएको छ होला । यो के भएको होला त ? यो साँच्चैमा एउटा स्वास्थ्य समस्या त हैन ! यो आम मान्छेको मनमा आउने प्रश्न हो । यो समस्यालाई यही कारणले हुन्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन ।

सामान्य भाषामा कतिपयले यस्तो मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ भनेर पनि भन्ने गर्छन् ।

राति राम्रोसँग निद्रा नपर्ने, पातलो निद्रा हुने, नराम्रो सपना देखिने र शारीरिक समस्याका कारण मानिस निद्रामा झस्किन्छन् ।

कहिलेकाहीँ शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ ।

मानसिक तनाव भएका व्यक्ति वा अधिकांश चिन्तामा रहने मानिसलाई निद्राबाट झस्किएर सुत्न गाह्रो हुने गर्दछ । यस्तो समस्या हुँदा निद्राको बीचबीचमा बिउँझिने, डर लाग्ने, उठ्दा पसिनै पसिना हुने र श्वास फेर्न गाह्रो हुने गर्दछ ।

यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्छ । कहिलेकाहीँ पहिला कुनै ठूलो घटना भएको छ भने त्यसको झझल्को आएर पनि मानिसहरू निद्रामा झस्किने गर्दछन् ।

अझ रक्सी र लागूऔषध धेरै खाने मानिसहरूमा पनि यस्तो समस्या आउन सक्छ । कतिपय निद्राको औषधि सेवन गर्ने मानिसमा पनि यस्तो समस्या आउन सक्छ ।

यसरी छुटकारा पाउन सकिन्छ ?

सबै भन्दा पहिला निद्रामा झस्किने आफ्नो बानी छ या छैन भनेर जान्न जरुरी हुन्छ । साना बालबालिकालाई त परिवारका सदस्यले थाहा पाउने गर्छन् तर ठूला व्यक्तिहरूले आफूले यो थाहा पाएर त्यसको समाधान तिर लाग्नु पर्छ ।

– दैनिक रूपमा बेलुका सुत्ने तालिका सधैँ एउटै बनाउने र उठ्ने समय पनि एउटै पार्ने ।

– सुत्ने बेलामा कफी, रक्सी, धुमपान सेवन नगर्ने ।

– सुत्ने कोठा शान्त राख्ने साथै बेडमै बसेर टिभी हेर्ने वा पढ्ने बानी हटाउने ।

– सुत्ने कोठामा बत्ती नबाल्ने, बाल्नु परे पनि कम चम्किलो बत्ती मात्र बालेर निदाउने ।

– चिन्ता र तनाव कम गरेर सुत्ने ।

– दैनिक रूपमा बिहान कम्तीमा आधा घण्टा शारीरिक व्यायाम गर्ने वा हिँड्ने बानीको विकास गर्ने ।

– दिउँसो सुत्ने बानी हटाउने र आफूलाई दिनभर व्यस्त राख्ने गरेमा सही रूपले निन्द्रा लाग्छ र यो समस्याबाट छुटकारा पाउन सकिन्छ । -एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ११ : ३१ बजे

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल