अपहरणमा संलग्न दुईजना पक्राउ « Khabarhub

अपहरणमा संलग्न दुईजना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।

कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगञ्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशङ्कर शर्मालाई पक्राउ गरेको जानकारी दिए ।

‘गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएका प्रहरीलाई बताएका हुन्’, उनले भने, ‘अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।’

अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगञ्ज महानगर–१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३–०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ३५ बजे

बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान

राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता

काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४

दुई मन्त्रीको हठमा पिल्सियो राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन (भिडियोसहित)

काठमाडौं- राष्ट्रिय महत्वको निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलमा

दमनकारी र भ्रष्टाचारीलाई कारबाही नगर्ने सुशीला कार्कीले राजीनामा दिनुपर्छः अध्यक्ष साह

काठमाडौं – कमा जेनजी नेपालका अध्यक्ष विकेश साहले एमाले अध्यक्ष