एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै « Khabarhub

एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गर्दैछ।

हेमन्त धामीको कप्तानीमा आइतबार मात्र युएई जाने १५ सदस्यीय टोलीको घोषणा गरेको क्यानले मंगलबार बिदाइ कार्यक्रमको आयोजना गरेको हो। नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको हो।

धामीको कप्तानीमाघोषणा भएको टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् भने अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

प्रमुख प्रशिक्षक शक्ति गौचन हुन् भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिएको छ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्।नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छन्। सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ५० बजे

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट