एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै « Khabarhub

एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गर्दैछ।

हेमन्त धामीको कप्तानीमा आइतबार मात्र युएई जाने १५ सदस्यीय टोलीको घोषणा गरेको क्यानले मंगलबार बिदाइ कार्यक्रमको आयोजना गरेको हो। नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको हो।

धामीको कप्तानीमाघोषणा भएको टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् भने अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

प्रमुख प्रशिक्षक शक्ति गौचन हुन् भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिएको छ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्।नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छन्। सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ६ : ५० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले