पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा पाँचजना सुरक्षाकर्मीको मृत्यु भएको छ।

पाकिस्तानी अनलाइन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर र दुईजना प्रहरी जवान रहेका छन् ।

पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले इस्लामावादस्थित डी-चोकमा पत्रकारहरूलाई सम्बोधनका क्रममा पीटीआईका कार्यकर्तासँगको झडपमा पाँचजना सुरक्षाकर्मीको ज्यान गएको बताए ।

उनका अनुसार रेन्जर्सका दुईजना र प्रहरीतर्फ चारजना गम्भीर घाइते भएका छन् । उनले प्रहरीतर्फ दुईजना एएसपी र एकजना एसपी घाइते छन् ।

झडपका क्रममा पञ्जाव पुलिसका ७० जना सिपाहीं घाइते भएका छन् । जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

उता पीटीआईले पनि आफ्ना दुईजना कार्यकर्ताले ज्यान गुमाएको जानकारी दिएको छ । पीटीआईका अनुसार सरकारले दमनका लागि खटाएका रेन्जर्सले चलाएको गोली लागेर दुईजना कार्यकर्ताको ज्यान गएको जानकारी दिएको हो ।

तर प्रत्यक्षदर्शीले भने सेनाले चलाएको गोली लागेर कम्तीमा ६ जना प्रदर्शनकारीको ज्यान गएको देखेको बताएका छन् । गोली लागेका अन्य चारजनालाई भने उपचारका लागि अस्पताल लगिएको पीटीआईले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ३५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले