सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री « Khabarhub

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताए।

‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो’, अर्थमन्त्री पौडेलले भने, ‘एमाले नेतृत्वको सरकारले गरेको हो ।’

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए। उनले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताए।

अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पारे ।

 उनले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ५ : ४८ बजे

असी हजार पशुलाई खोरेतविरुद्धको खोप

चितवन– चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको

झापा २ बाट युवा संघका नेता भण्डारीदेखि सभामुखसम्मको नाम सिफारिस

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा

यी हुन् वित्तीय जानकारी इकाईले शंकास्पद कारोबार पहिचान गर्न तय गरेका ‘रेड फ्ल्याग’

काठमाडौं– नेपालमा भर्चुअल सम्पत्तिको प्रयोग र यससँग जोडिएका वित्तीय अपराधहरूलाई

नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले निर्वाचन र समसामयिक राष्ट्रिय

‘अवतार : फायर एन्ड यश’को १८ दिनको कमाइ १ अर्ब डलर

काठमाडौं– हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म ‘अवतार: फायर एन्ड